तनहुँ : तनहुँमा सोमबार २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार १० महिला र १३ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । त्यसमध्ये १९ जना एन्टिजेनबाट पहिचान भएका हुन् ।
पछिल्लो २४ घण्टामा तनहुँका ८३ जनामा पिसिआर तथा एन्टिजेन परीक्षण गरिएको थियो । यस्तै सोमबार तनहुँमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या शुन्य छ ।