दमौली : तनहुँको व्यास-१ र १३ जोड्ने छाब्दखोलामा बेलिब्रिज निर्माणका लागि उपभोक्ता समिति गठन गरिएको छ । मङ्गलबार उपभोक्ताको भेलाले क्या. सहवीर उच्चैको अध्यक्षतामा समिति गठन भएको हो।
भेलाले स्थानीय अगुवा यामबहादुर आलेको अध्यक्षतामा अनुगमन समिति पनि गठन गरेको छ । उक्त समितिले बेलिब्रिज निर्माण, अस्थायी गाडी चल्ने डाइभर्सन र पक्की मोटरेवल पुलका लागि पहल गर्ने आलेले जानकारी दिनुभयो ।
गत बुधबार रातिको बाढीले पुल भत्किदा गाउँसँगको सम्पर्क टुटेको छ। पुल भत्किएसँगै स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ भने कृषकहरुले उत्पादित दूध, तरकारी विक्री गर्न पाएका छैनन् ।