आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने सरकारको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने सरकारको निर्णय

    खबरपुञ्ज संवाददाता

    २२ असार २०७८, मंगलवार

    काठमाडौं : सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उडान खुला गर्ने निर्णय गरेको पर्यटनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिनुभयाे ।

    मन्त्रिपरिषद्को निर्णयपछि अब पर्यटन मन्त्रालयले कोभिड प्रोटोकल तयार पारेर उडान सुचारु हुने मिति र ढाँचाबारे जानकारी दिनेछ । मन्त्री श्रेष्ठले बुधबार सरकारका प्रवक्ताले उडान खुला भएको बारे थप जानकारी दिने जनाउनुभयाे ।

    कोरोनाको दोस्रो लहरको कारण बैशाख २० गतेदेखि उडानहरु बन्द थिए । ६९ दिनपछि आन्तरिक उडान बिहीबारदेखि ५० प्रतिशत अकुपेन्सीमा संचालनमा आएका थिए । मन्त्रिपरिषद्ले नेपाल र भारतबाहेकको अन्तर्राष्ट्रिय उडान पनि बैशाख २३ देखि बन्द गर्ने निर्णय गरेको थियो ।

    मन्त्री श्रेष्ठका अनुसार अब नेपाललाई रोक नलगाइएका मुलुकमा उडान सुचारु हुनेछन् । अब निषेधाज्ञा अगाडिकै बेलामा चलेजसरी सामान्यरुपमा उडानहरु नियमित हुनेछन् । अहिले अमेरिका, बेलायत, बेल्जियम, पोर्चुगल, युएई, साउदी अरब लगायतका मुलुकले नेपाललाई यात्रा प्रतिबन्ध लगाएका छन् । सरकारले उडान खुला गरेपनि यात्रा प्रतिबन्ध लगाइएका देशमा तत्काल उडान हुने सम्भावना छैन । जर्मनीले नेपाललाई लगाएको प्रतिबन्ध बुधबारदेखि खुला गर्ने तयारी गरेको छ ।