


लमजुङ : लमजुङ केन्द्रविन्दु भएर बुधबार दिउँसो भूकम्प गएको छ । लमजुङको काप्रेचौर केन्द्रविन्दु भएर दिउँसो ३ः५७ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीले ४.२ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिनुभयो ।