रुपा सुनारको रिटमा सर्वोच्चले माग्यो मन्त्री श्रेष्ठसँग लिखित जवाफ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रुपा सुनारको रिटमा सर्वोच्चले माग्यो मन्त्री श्रेष्ठसँग लिखित जवाफ

    खबरपुञ्ज संवाददाता

    २२ असार २०७८, बुधबार

    काठमाडौँ : सर्वोच्च अदालतले जातीय विभेदसँग सम्बन्धित घटनामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठसँग लिखित जवाफ माग गरेको छ । उनलाई जवाफका लागि १५ दिनकाे समय दिएको छ ।

    न्यायाधीश कुमार रेग्मीको इजलासले मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गरेको अन्तरिम आदेशका विषयमा भने छलफलका लागि दुबै पक्षलाई असार २९ गते बोलाएको छ । मन्त्री श्रेष्ठले पदीय ओहोदा र सरकारी स्रोतको दुरुपयोग गरी संविधान तथा कानूनले बर्जित गरेको जातीय भेदभाव तथा छुवाछुत जस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित गरेको आरोप लगाउँदै रुपाले रिट दायर गर्नुभएकाे थियाे ।

    कोठा भाडामा दिने विषयमा उनीमाथि जातीय विभेद गरेको भन्ने उजुरीमा पक्राउ परेकी सरस्वती प्रधानलाई तेस्रो दिनमा मन्त्री श्रेष्ठ आफैँ प्रहरी कार्यालयमा उपस्थित भएर छुटाउनुभएकाे थियाे ।

    मन्त्री श्रेष्ठले आफ्नै गाडीमा राखेर प्रधानलाई उहाँको घरसम्म पुर्‍याउनुभएकाे थियाे । मन्त्री श्रेष्ठको यस्तो गतिविधिको चर्को विरोध भएको थियो । आफूमाथि जातीय विभेद गरेको आरोप लगाउँदै सञ्चारकर्मी सुनुवारले प्राधनविरुद्ध प्रहरीमा उजुरी दिनुभएकाे थियाे ।