आशिका फाउण्डेशनबाट भुजेल परिवारलाई राहत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    आशिका फाउण्डेशनबाट भुजेल परिवारलाई राहत

    खबरपुञ्ज संवाददाता

    २६ असार २०७८, आईतवार

    तनहुँ : आशिका फाउन्डेसन काठमाडौंले बन्दिपुर गाउँपालिका–२ आरथुम्काका विपन्न्न परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ । कोभिडको जोखिमका कारण निषेधाज्ञा पछि रोजगारी गुमाएका आरथुम्काका विपन्न भुजेल परिवारलाई फाउण्डेशनमार्फत् खाद्यान्न सहयोग गरिएको हो ।

    प्रतिनिधि सभाका निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ किसानले फाउण्डेशनको तर्फबाट ४९ घर परिवारका लागि उपलब्ध गराइएको चामल, नुन, तेल र दाल विपन्न भुजेल परिवारलाई वितरण गर्नुभएको थियो।

    सो अवसरमा बोल्दै श्रेष्ठले सामाजिक संघ संस्थाहरुले यसरी नै विपन्न परिवारलाई राहत वितरण गर्नुपर्ने बताउनुभयो । सो अवसरमा फाउण्डेशनका उपाध्यक्ष सन्दिप बस्नेतले विपन्न भुजेल समुदायलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभएको थियो ।