म्याग्देका महिलालाई क्रिष्टलका गहना बनाउने तालिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देका महिलालाई क्रिष्टलका गहना बनाउने तालिम

    खबरपुञ्ज संवाददाता

    २६ असार २०७८, आईतवार

    म्याग्दे : महिलालाई आत्मनिर्भर बनाउन तनहुँको म्याग्दे गाउँपालिकाले क्रिष्टलका गहना बनाउने तालिम प्रदान गरेको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) मार्फत् महिलाहरुलाई क्रिष्टलका गहना बनाउने तालिम प्रदान गरिएको हो ।

    म्याग्दे-४ स्थित मनहरीमा सञ्चालित तालिममा वडा नम्बर ३,४ र ६ का २३ जना महिलाको सहभागिता थियो । तालिमका सहभागीलाई क्रिष्टलका विभिन्न गहना बनाउने सीप सिकाइएको छ ।

    तालिमका सहभागीलाई आइतबार प्रमाणपत्र प्रदान गर्दै गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले गाउँपालिकाका हरेक महिलालाई आत्मनिर्भर बनाउने योजना रहेको बताउनुभयो । चुलो चौकामा सीमित महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउन विभिन्न किसिमका तालिम आयोजना गरिएको र त्यसलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने रानाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न सके मात्रै उपलब्धि हासिल हुने बताउनुभयो । कार्यक्रममा म्याग्दे-४ का अध्यक्ष प्रेमबहादुर आले, उद्योग शाखा प्रमुख प्रदीप न्यौपानेले सीपलाई कार्यान्वयन गर्न सके उद्यमी बन्न सकिने उल्लेख गर्नुभयो ।