देवघाट : तनहुँको देवघाटमा ‘संरक्षण प्रकृतिको,सुरक्षा सन्ततीको’ भन्ने मुल नाराका साथ वृक्षारोपण गरिएको छ । राष्ट्रिय युवासंघ नेपाल देवघाट गाउँपालिका कमिटीको आयोजनामा वृक्षारोपण गरिएको हो ।
युवासंघ देवघाट गठन पश्चातको पहिलो कार्यक्रम रहेकाले अन्य कार्यक्रम राख्नु भन्दा वृक्षारोपण उत्तम रहेको अध्यक्ष सुकु गुरुङले बताउनुभयो । वृक्षारोपण कार्यक्रम देवघाटमा भएका युवाहरुका लागि सराहनीय कार्यक्रम रहेको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गवहादुर थापाले बताउनुभयो ।
देवघाट वडा नम्बर ५ का वडाध्यक्ष यालवहादुर गुरूङले वृक्षरोपण गर्नु मात्रै ठूलो कुरा नभएकाले यसलाई संरक्षण गर्नु र हुर्काउनु ठुलो कुरा रहेको बताउनुभयो ।
युवाहरूलाई सामाजिक र राजनैनिक क्षेत्रमा जागरूक गराउन सके आफ्नो ठाउँको विकासमा ठूलो सहयोग पुग्ने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले बताउनुभयो ।