आँबुखैरेनी गाउँपालिकाको बहुउद्देश्यीय भवन निर्माण शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनी गाउँपालिकाको बहुउद्देश्यीय भवन निर्माण शुरु

    खबरपुञ्ज संवाददाता

    २९ असार २०७८, बुधबार

    आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाको बहुउद्देश्यीय भवन निर्माण शुरु भएको छ । गाउँपालिकाले नयाँ प्रशासकीय भवन निर्माण गरेपछि सोही ठाउँमा बहुउद्देश्यीय भवन निर्माण गर्न लागेको हो ।

    बहुउद्देश्यीय भवनको बुधबार गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले शिलान्यास गर्नुभएको छ । बहुउद्देश्यीय भवन निर्माणपछि दिगो रुपमा गाउँपालिकाको आम्दानीको स्रोत बन्ने बताउनुभयो ।

    रु १३ करोड ७४ लाख एक हजार सात सय ८१ अनुमान गरिएको भवनको पहिलो चरणमा तीन तल्लासम्मको फ्रेम स्ट्रक्चर निर्माण हुनेछ । त्यसका लागि काभ्रेस्थित ज्ञानज्योति विल्डर्स प्रालिसँग सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । ४९३.५८ वर्गमिटर क्षेत्रफल ओगट्ने भवन पाँच तल्लाको हुनेछ ।

    No description available.

    पहिलो चरणको कामका लागि रु तीन करोड ५७ लाख ८९ हजार आठ सय ७९ अनुमान गरिएपनि निर्माण कम्पनीसँग रु दुई करोड ३८ लाख ८८ हजार सात सय ७८ मा सम्झौता भएको छ । विसं २०७८ वैशाख १५ गते सम्झौता भएको भवन विसं २०७९ कात्तिक १५ गते सम्पन्न हुनेछ ।

    गाउँपालिकाले यस अगाडी कच्ची भवनबाट सेवा प्रवाह गरिरहेको थियो । नयाँ भवन निर्माण सकेर गाउँपालिकाले गत वैशाख १ गतेदेखि नयाँ भवनबाट सेवा शुरु गरिसकेको छ । पुरानो भवन रहेको ठाउँमा बहुउद्देश्यीय भवन निर्माण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले बताउनभयो ।