तनहुँ : पृथ्वीराजमार्ग अन्तरगत तनहुँको ऑबुखैरेनी-४ पावरहाउस नजिक सडक भासिएको छ । शुक्रबार परेको वर्षाका कारण पावरहाउस नजिक राजमार्ग खण्डमा सडकको तल्लो भाग पानीको भेलले भत्किदा केही बेर सडक अवरुद्ध भएको हो ।
सडक भासिएपछि ठूला सवारी साधन एकतर्फी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयो । “साना सवारी साधन भने दुईतर्फी नै चलिरहेका छन,” उहॉले भन्नुभयो, “संयमतका साथ सवारी चापलाई मध्यनजर गरी सवारी चलाउन आग्रह गरिएको छ ।”