डुम्रेमा नागरिक आरोग्य सेवा केन्द्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    डुम्रेमा नागरिक आरोग्य सेवा केन्द्र

    खबरपुञ्ज संवाददाता

    १ श्रावण २०७८, शनिबार

    बन्दीपुर : तनहुँको बन्दीपुर-१ डुम्रेमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँ अन्तरगत डुम्रे बजार स्थित प्रहरी कार्यालय नजिकै नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको हो ।

    गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले आरोग्य केन्द्रबाट सेवा लिन आग्रह गर्नुभयो । उपाध्यक्ष करुणा गुरुङले आरोग्य सेवा केन्द्रले दिने निशुल्क सेवा बारे जनतालाई सुसूचित गराउन आवश्यक रहेको बताउनुभयो ।

    आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्लाका सबै पालिकामा आरोग्य सेवा केन्द्र विस्तार गरिरहेको प्रमुख डा. रामप्रबोध मण्डलले जानकारी दिनुभयो ।