म्याग्दे : म्याग्दे-२ ज्यानटाङ सामुदायिक वनभित्र रहेको हरितपार्कमा फलफूलका बिरुवा रोपिएको छ । सव डिभिजन वन कार्यालय म्याग्देको सहयोगमा शनिबार पार्क आसपास ऑप, लिची, कपूर लगायतका ३२० बिरुवा रोपिएको हो ।
म्याग्दे गाउँपालिका-२ का महिला वडा सदस्य तारा रानाभाटले हरितपार्कको संरक्षण समिति गठन गर्न सुझाव दिनुभयो । न्यु जागृती आमा समूहकी अध्यक्ष सुभद्रा रानाभाट, ज्यानटान सामुदायिक वनका अध्यक्ष इश्वरबहादुर रानाभाट, पूर्व अध्यक्ष पशुपति रानाभाटले वृक्षारोपण गरेर मात्र नहुने भएकाले यसको संरक्षणका लागि पनि स्थानीयले चासो दिनुपर्नेमा जोड दिए ।
ट्रि हाउस समेत रहेको यस पार्क पछिल्लो समय सर्वसाधारणको रोजाईमा पर्ने गरेको छ ।
तस्वीरहरु : विधान रानाभाट