आँबुखैरेनी : युवा समाजसेवी तथा व्यवसायी अभियान श्रेष्ठले अग्नि पीडित र क्लबलाई साेमबार ५० हजार बराबरको सहयोग सामाग्री हस्तान्तरण गरेका छन् । श्रेष्ठले आँबुखैरेनी गाउँपालिका-५ बरालुङबेशीस्थित अग्नि पीडित स्यानी भुजेलको परिवारलाई ४० हजार बराबरको खाद्यान्न, भाडाकुडा, सिरक डसना सहयाेग गरेका हुन् ।
गत असार २९ गते विद्युत सर्ट भई आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडाकुडा जलेर पूर्ण रुपले नष्ट भएको थियो ।
त्यस्तै आँबुखैरेनी गाउँपालिका-५, बरालुङबेशीकै जनचेतना युवा क्लबलाई दश हजार बराबरको खेलकुद सामग्री सहयाेग गरिएकाे छ । क्लबका सदस्य राजेश गुरुङलाई उक्त सामग्री हस्तान्तरण गरिएकाे छ ।