दुलेगौँडा: शुक्लागण्डकी नगरपालिकामा आजदेखी कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाईने भएको छ । स्वास्थ्य कार्यालय तनहुँले शुक्लागण्डकीको स्वास्थ्य शाखालाई ४ सय ७० भाईल खोप उपलब्ध गराएको छ ।
खोप अपर्याप्त आएपछि क–कस्लाई लगाउने प्राथमिकता निर्धारण गरी खोप अभियान शुरु गर्न लागिएको छ । यसअघि छुट भएका ५५ बर्ष माथीका ज्येष्ठ नागरिक, अशक्त/अपांग र शरणर्थीलाई प्राथमिकतामा राखिएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए ।
खोप बाँकी रहेमा लक्षित वर्गलाई प्राथमिकता निर्धारण गरेर लगाउने उनले बताए । ‘वैदेशिक रोजगारीमा जानेलाई पासपोर्ट र भिसा लागेको कागजात पेश गरेपछि लगाईन्छ’, उनले भने । नगरपालिकाका सबै वडाबाट खोप सेवा दिईनेछ ।
साढे १० बजेदेखि ४ बजेसम्म खोप लगाउने समय अवधि तोकिएको छ । यसअघि पनि शुक्लागण्डकी पर्याप्त खोप नआउँदा लक्षित वर्गले नपाएको झोकमा स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गरेका थिए । यसपाली भने दुव्र्यवहारको घटना दोहोरिन नदिनलाई नगरपालिकाले क–कस्लाई खोप दिने प्राथमिकता निर्धारण गरेको हो ।