कतारमा रहेका सतिस्वाँरा मिर्लुङवासीले गरे मिर्गाैला पीडितलाई सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    कतारमा रहेका सतिस्वाँरा मिर्लुङवासीले गरे मिर्गाैला पीडितलाई सहयोग

    खबरपुञ्ज संवाददाता

    ६ श्रावण २०७८, बिहीबार

    भानु : तनहुँको सतिस्वाँरा मिर्लुङ घर भई हाल वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेका व्यक्तिहरुले मिर्गौला पीडितलाई सहयोग गरेका छन् । भानु नगरपालिका–१२ कवाजितका मिर्गौला पीडित रामकुमार मजकोटीलाई सतिस्वाँरा मिर्लुङ सेवा समाज कतारबाट रु ५० हजार पाँच सय सहयोग गरिएको हो ।

    मिर्गाैला पीडितको उपचारमा आर्थिक अभाव भएपछि सामूहिक रुपमा आर्थिक सङ्कलन गरी सहयोग गरिएको बताइएको छ । संस्थाका सहसंरक्षक भवानी गुरुङ र सल्लाहकार आकाश कुंवर क्षेत्रीले उक्त रकम पीडितलाई हस्तान्तरण गरेका छन् ।