ऋषिङ: तनहुँको ऋषिङ गाउँपालिकाले आर्थिक वर्ष ०७८/७९ को बजेट सार्वजनिक गरेको छ । दशौ गाउँसभाबाट पारित बजेट गाउँपालिकाले बिहीबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको हो ।
कार्यक्रममा संविधानसभा सदस्य झुलबहादुर आलेले जनताका माग र आवश्यकताका आधारमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले स्वास्थ्य, शिक्षा, पूर्वाधार लगायतलाई प्राथमिकतामा राखेर बजेट बनाइएको जानकारी दिए।
सोही अवसरमा ६० वर्ष उमेर पूरा भई अवकाश भएका तीन जना महिला स्वास्थ्य स्वयंसेविकालाई जनही रु २० हजारका दरले प्रोत्साहन रकम वितरण गरिएको प्रवक्ता विजय दरैले जानकारी दिए ।
गाउँपालिकाले आर्थिक वर्ष ०७८/७९ का लागि ५२ करोडको बजेट पारित गरेको छ।