लकडाउन पालना गराउन सेना परिचालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    लकडाउन पालना गराउन सेना परिचालन

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०७८, शुक्रबार

    एजेन्सी : अष्ट्रेलियाको सिड्नीमा लकडाउन पालना गराउन सेना परिचालन गरिएको छ । सिड्नीमा गत महिनादेखि जारी रहेको लकडाउन थप एक महिनाका लागि थप गरिएसँगै लकडाउन पालना गराउन सयौंको संख्यामा सेना परिचालन गरिएको हो ।

    गत जुन महिनामा डेल्टा भेरियन्टसहितको संक्रमण बढ्न थालेको थियो । त्यसयता अहिलेसम्म तीन हजार संक्रमित फेला परिसकेका छन् भने नौ जनाको मृत्यु भइसकेको छ । पाँच सातासम्म संक्रमण नियन्त्रणको लागि भन्दै लकडाउन गरिए पनि संक्रमण निरन्तर बढिरहेको छ ।

    अधिकारीहरुका अनुसार शुक्रबार सिड्नीमा १७० नयाँ संक्रमित फेला परेका छन् । यद्यपि अहिले धेरैले सेना परिचालन गर्नु आवश्यक नरहेको बताएका छन् । अगष्ट २८ सम्मका लागि गरिएको लकडाउनको क्रममा मानिसहरुलाई शारीरिक अभ्यास, शपिङ, स्वास्थ्य स्याहार तथा अन्य अत्यावश्यक कामबाहेक बाहिर जान रोक लगाइएको छ ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सिड्नीमा कोरोना संक्रमण सबैभन्दा धेरै देखिएका स्थानमा सेनाले प्रहरीलाई लकडाउन पालना गराउन सहयोग गर्नेछन् । न्यु साउथ वेल्सका प्रहरी प्रहरी मन्त्री डेभिड एलिओटले सिड्नीमा बस्ने सानो अल्पसंख्यक समुदायले आफूलाई नियम नै नलाग्ने जस्तो गरेकाले सेना परिचालन गरेपछि केही सहज हुने बताएका छन् ।