ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिकाका पहिरो पीडितलाई हाम्रो टिम नेपालको तर्फबाट राहत वितरण गरिएको छ । ऋषिङ गाउँपालिका–७ र ८ का बाढीपहिरो पीडित १२ घरलाई राहत स्वरुप सिरक डसना वितरण गरिएको उक्त संस्थाका सदस्य रोशन श्रेष्ठले जानकारी दिए ।
उक्त संस्थाले केही समय अगाडी मात्रै बन्दिपुर–२ र ३ का १६ बाढीपहिरो प्रभावितलाई पनि राहत सामग्री वितरण गरेको थियो । उक्त संस्था सामाजिक काममा क्रियाशील छ ।