कर्मचारीको निधनमा ऋषिङ गाउँपालिका बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    कर्मचारीको निधनमा ऋषिङ गाउँपालिका बन्द

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०७८, आईतवार

    ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिकाले कर्मचारीको निधन भएको शोकमा गाउँपालिकाका सेवा बन्द गरेको छ । ऋषिङ गाउँपालिका–५ का वडा सचिव सरिता पौडेलको निधन भएको दुःखद घडीमा गाउँपालिकाले आज पालिका मातहतका सबै सेवा प्रवाह बन्द गरेको हो ।

    शुक्रबार बसेको कार्यपालिका बैठकले सबै वडा कार्यालय र गाउँपालिकाको कार्यालय बन्द गर्ने निर्णय गरेको प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । पौडेलको केही दिन अगाडी निधन भएको थियो ।