अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडे

    खबरपुञ्ज संवाददाता

    ३१ श्रावण २०७८, आईतवार

    एजेन्सी : अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । रोयटर्सका अनुसार तालिवानी विद्रोहीले राजधानी नियन्त्रण गरेर सत्ता आफ्नो हातमा लिन सक्ने चर्चाका बीच राष्ट्रपति घानी देश छाडेर काजिकिस्तान पुगेको जनाइएको छ ।

    रोयटर्सका अनुसार गृहमन्त्रीले यस्तो जानकारी दिएका हुन् । अन्तर्राष्ट्रिय संचारमाध्यमसँग कुरा गर्दै तालिवानी प्रवक्ताले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणका लागि आफूले वार्ता गरिरहेको बताएका छन् ।