ऋषिङको अनौठो निर्णय : क्षेत्राधिकार भन्दा बाहिर गएर व्यासलाई अनुदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङको अनौठो निर्णय : क्षेत्राधिकार भन्दा बाहिर गएर व्यासलाई अनुदान

    खबरपुञ्ज संवाददाता

    ५ आश्विन २०७८, बुधबार

    ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिकाले क्षेत्राधिकार र सङ्घीयताको मर्म विपरित गएर व्यास नगरपालिकालाई अनुदान दिएको छ । आफ्नो भौगोलिक क्षेत्राधिकारभित्र रही कार्यक्रम सञ्चालन गर्नुपर्नेमा ऋषिङ गाउँपालिकाले क्षेत्राधिकार बाहिर अनुदान दिएको भेटिएको हो ।

    गाउँपालिकाले बिपी स्मृति भवनमा एसी जडान गर्नका लागि व्यास नगरपालिकालाई एक लाख अनुदान दिएको हो । बाह्य क्षेत्रमा समेत कार्यक्रम सञ्चालन गर्नु सङ्घीयताको मर्म तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को विपरित रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

    गाउँपालिकाले गाउँसभाबाट पारित नगरी बोर्ड बैठकको निर्णयमार्फत् उक्त अनुदान दिएको छ । यस्तो कार्यलाई नियन्त्रण गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन दिएको छ ।