ऋषिङ : नेपाली काङ्ग्रेस ऋषिङ गाउँ समितिको अधिवेशन स्थगित भएको छ । नयाँ नेतृत्व चयनका लागि मतदान गर्ने तयारी हुँदै गर्दा विवाद भएपछि अधिवेशन स्थगित भएको हो । अर्को सूचना नभएसम्मका लागि अधिवेशन स्थगित भएको बताइएको छ ।
सभापतिमा भोजराज रानाभाट, तिलबहादुर थापा र दानबहादुर श्रेष्ठको दावेदारी छ । यसैगरी सचिवमा सुरजकुमार श्रेष्ठ, विजय दरै, शुभसुन प्रयास राना र लालबहादुर थापाको दावेदारी छ ।