ऋषिङ : नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तनहुँको ऋषिङ गाउँपालिकामा नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । शनिबार स्थगित भएको निर्वाचन सोमबार दिउँसो १ः३० बाट शुरु भएको हो ।
नेतृत्व चयनका लागि सहमति हुन नसकेपछि शनिबार १२ मत खसिसकेपछि युवाहरुको अवरोधका कारण स्थगित भएको थियो ।
सभापतिमा भोजराज रानाभाट, तिलबहादुर थापा र दानबहादुर श्रेष्ठ प्रतिस्पर्धामा छन् । सचिवमा सुरजकुमार श्रेष्ठ, विजय दरै, शुभसुन प्रयास राना र लालबहादुर थापाबीच प्रतिस्पर्धा हुँदैछ । अन्य पदमा भने सर्वसम्मत भएको बताइएको छ ।