घिरिङ : नेपाल उत्पीडित जातीय मुक्ति समाज घिरिङको प्रथम भेलाबाट अन्जान परियारको नेतृत्वमा समिति गठन भएको छ। उक्त भेलाले उपाध्यक्षमा नारायणी सुनार, सचिवमा दिल कुमार विक, सह सचिबमा सोमान सिं रामदाम र कोषाध्यक्षमा विष्णुमाया नेपालीलाई चयन गरेको छ।
नवनिर्वाचित अध्यक्ष परियारले जातीय कारण भएका घटनाका पीडितलाई न्याय दिलाउन काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उत्पीडित जातीय मुक्ति समाज घिरिङका इन्चार्ज एवं नेकपा एमाले घिरिङका सदस्य गोपाल विक, मुक्ति समाजका केन्द्रीय सदस्य एवं नेकपा एमाले जिल्ला सदस्य बाबुराम सुनार, जिल्ला अध्यक्ष सीताराम सुर्खाली लगायतले एमालेको भातृ संगठनको एउटा शक्तिशाली अंग नेपाल उत्पीडित जातीय मुक्ति समाज भएको बताए ।