लाइफ इन एलएको दोस्रो गीत ‘उदाएर आयौ तिमी’ सार्वजनिक (भिडिओ)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    लाइफ इन एलएको दोस्रो गीत ‘उदाएर आयौ तिमी’ सार्वजनिक (भिडिओ)

    खबरपुञ्ज संवाददाता

    २९ आश्विन २०७८, शनिबार

    दमौली : गत साउनमा अमेरीका र नेपालको पोखरा,भिमाद लगाएतको ठाँउमा छाँयाक्न भएको चलचित्र ‘लाइफ इन एलए’को दोस्रो गीत उदाएर आयौ तिमी सार्वजनिक भएको छ । आइतवार अमेरिकामा एक कार्यक्रमका बीच चलचित्रमा समावेश ‘उदाएर आयौ तिमी’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । गीत प्रतिक पौडेलको संगीत र सुन्दर पन्तकोको शब्द रचना, प्रताप दास र प्रविशा अधिकारीको युगल स्वर रहेको छ ।

    गीतको भिडियोमा चलचित्रका नायक ब्यास बिस्सु र अभिनेत्री अकेशा विष्ट रोमान्टिक अवतारमा देखिएका छन् । गत साउनमा निर्माण टिमले नेपाल छायांकन पूरा गरेपछि चलचित्रमा समावेशभएको पागल प्रेमी’ गीत सार्वजनिक गरेको थियो ।

    सूर्य एन श्रेष्ठ निर्देशित चलचित्रमा शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, प्रविन खत्रीका साथै अमेरिकाका कलाकार जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल ,संचारक्रमी विष्णु गौतम लगायतको पनि अभिनय छ ।

    अमेरिकामा बसोबास गर्ने नेपालीहरुको कथामा निर्माण भएको चलचित्रलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार अन्जान सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रमा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्मातामा छन् र प्रदिप आचार्य पोष्ट प्रडक्सन म्यानेजर रहेका छन ।

    भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको चलचित्रमा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी, एलिस कार्कीको संगीत, क्रिस वारेन र एडवर्ड उकेन ९अमेरिका० र बाबु श्रेष्ठ ९नेपाल० को छायांकन छ । निर्माण टिमले दुईवटा गीत सार्वजनिक गरिसकेको छ ।फिल्मीको पहिलो प्रदर्शन नोभेम्वर १३मा लश एन्लसमा मा हुनेछ र अमेरीकाको विभिन्न शहरका प्रदर्शन भएपछि नेपालमा यसको प्रदर्शन हुनेछ ।