वर्षाले तनहुँको धानबाली नष्ट, २० प्रतिशत उत्पादन घट्ने अनुमान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    वर्षाले तनहुँको धानबाली नष्ट, २० प्रतिशत उत्पादन घट्ने अनुमान

    खबरपुञ्ज संवाददाता

    ३ कार्तिक २०७८, बुधबार

    दमाैली : केही दिनदेखि परेको वर्षाका कारण तनहुँका विभिन्न ठाउँमा धानबालीमा क्षति पुगेको छ । दुई दिनदेखि परेको वर्षाले जिल्लाका विभिन्न ठाउँमा धानबालीमा क्षति पुगेको हो ।

    वर्षाले काटेर राखेको धान नष्ट बनाएको छ भने काट्न बाँकी रहेको धान डुबाएको कृषकले बताएका छन् । व्यास नगरपालिका–११ पोल्याङका कृषक राजेन्द्र पौडेलले काटेर थन्क्याउन बाँकी रहेको धान पानीले क्षति बनाएको बताए। चार रोपनी क्षेत्रफलमा लगाइएको धानमध्ये डेढ रोपनीको धान काटेर भित्र्याउन बाँकी रहेको बेला पानीले क्षति बनाएको उनले बताए ।

    “एक रोपनीको धान झाटेर थन्क्याइसके, बाँकी डेढ रोपनीको काटेर मात्रै राखेको थिएँ, पानीले बिगा¥यो,” उनले भने । कृषि ज्ञान केन्द्रले उपलब्ध गराएको नयाँ प्रजातिको धान भएकाले छिटो पाकेको उनले बताए । “यहाँ अरु कृषकको धान पाकेको छैन, मैले नयाँ प्रजातिको धान लगाएको थिएँ छिटो पाक्दो रहेछ,” उहाँले भने। पौडेलका अनुसार काट्न बाँकी रहेको धान भने खेतमै रहेको छ ।

    शुक्लागण्डकी नगरपालिकाका विभिन्न स्थानमा पनि वर्षाले धानबालीमा क्षति पु¥याएको छ । नगरपालिकाका कृषि शाखा प्रमुख नवराज पण्डितले काटेर राखेको साढे चार सय रोपनीको धान पानीले बिगारेको जानकारी दिए । “काटेर खेतमै छाडिएको धान पानीले बिगारेको छ, घाम लागेर सुक्यो भने काम आउला,” उनले भने, “सुकेपछि उठाउँदा झर्ने सम्भावना पनि हुन्छ ।”

    दुई दिनको वर्षाले जिल्लाका अधिकांश ठाउँमा धान बिगारेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार जिल्लाको व्यास, शुक्लागण्डकी, म्याग्दे, आँबुखैरेनी लगायतका धानखेतमा वर्षाले नोक्सान गरेको छ । “यो वर्ष करिब २०÷२५ प्रतिशत धान उत्पादन घट्ने अनुमान छ,” उहाँले भने

    केन्द्रका अनुसार जिल्लामा ११ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । त्यसमध्ये दुई हजार पाँच सय हेक्टर क्षेत्रफलमा चैतेधान हुने गरेको छ । गत वर्ष एक लाख ४७ हजार मेट्रिक टन धान उत्पादन भएको कार्यालयको तथ्याङ्क छ । जिल्लाका तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे लगायतका क्षेत्रहरु धान खेतीका लागि प्रख्यात मानिन्छन् ।

    फाइल तस्वीर