घुस प्रकरणमा बोल्यो शिक्षक सङ्घ : आरोपप्रति नेतृत्वलाई जानकारी छैन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    घुस प्रकरणमा बोल्यो शिक्षक सङ्घ : आरोपप्रति नेतृत्वलाई जानकारी छैन

    खबरपुञ्ज संवाददाता

    २ कार्तिक २०७८, बुधबार

    दमौली : शिक्षक सरुवा गर्दा आर्थिक लेनदेन भएको विषयले सञ्चारमाध्यममा चर्चा पाएपछि नेपाल शिक्षक सङ्घ तनहुँले आपत्ति जनाएको छ । सङ्घले विज्ञप्ती प्रकाशित गर्दै उक्त आरोपको प्रतिवाद गरेको हो ।

    सङ्घका अध्यक्ष कमलभक्त पोखरेल र सचिव पदम खनालद्वारा जारी विज्ञप्तीमा अनावश्यक लाञ्छना लगाइएको भन्दै भ्रममा नपर्न अनुरोध गरिएको छ ।

    सङ्घले शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रमाकान्त शर्माले फेसबुकमा राखेको अभिव्यक्तिको पनि खण्डन गरेको छ । “शिक्षकको सरुवामा आर्थिक चलखेल भएको भन्ने आरोप प्रति नेपाल शिक्षक संघको नेतृत्वलाई यस सम्बन्धमा कतै जानकारी नभएकोले यदि कुनै व्यक्ति विशेषबाट गैर कानुनी तरिकाले आर्थिक लेनदेन गरेको वा अन्य अवाञ्छीत क्रियाकलाप गरेको भए सो को प्रमाणहरु नेपाल शिक्षक संघमा पेश गर्नुहुन ध्यानाकर्षण गराइन्छ,” विज्ञप्तीमा भनिएको छ ।