च्याम्पियन्स लिग : बार्सिलोनाको पहिलो जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    च्याम्पियन्स लिग : बार्सिलोनाको पहिलो जित

    खबरपुञ्ज संवाददाता

    ३ कार्तिक २०७८, बिहीबार

    एजेन्सी : बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको यो सिजनमा पहिलो जित दर्ता गरेको छ । समूह ई अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले डिनामो किएभलाई १–० ले पराजित गरेको हो ।

    बार्सिलोनाले च्याम्पियन्स लिगमा यो सिजन पहिलो जितसँगै पहिलो गोल पनि गरेको छ । ३६ औँ मिनेटमा जेरार्ड पिकेले गरेको गोलमा बार्सिलोनाले जित निकालेको हो ।

    जितपछि तीन खेलबाट तीन अंक जोडेको बार्सिलोना समूहको तेस्रो स्थानमा उक्लिएको छ । सोही समूहको अर्को खेलमा बार्यन म्युनिखले बेन्फिकालाई ४–० ले पराजित गरेको छ । तीन खेलमा लगातार जित निकालेको बार्यन म्युनिख ९ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

    बुधबार राति भएका अरु खेलमा आरबी साल्जबर्गले वुल्फबर्गलाई ३–१, चेल्सीले माल्मो एफएफलाई ४–० तथा युभेन्टसले जेनिट सेन्ट पिटर्सबर्गलाई १–० ले पराजित गरेको छ । यस्तै लिले र सेभिल्लाले गोलरहित बराबरी खेलेका छन् ।