शिक्षिकालाई अश्लिल म्यासेज पठाउने तनहुँका शिक्षक विरुद्ध उजुरी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शिक्षिकालाई अश्लिल म्यासेज पठाउने तनहुँका शिक्षक विरुद्ध उजुरी

    खबरपुञ्ज संवाददाता

    ४ कार्तिक २०७८, शुक्रबार

    दमाैली : शिक्षिकालाई म्यासेन्जरमा अश्लिल म्यासेज पठाउने तनहुँका एक शिक्षक विरुद्ध उजुरी दिइएकाे छ । शिक्षिकालाई अश्लिल म्यासेज पठाएर यौनजन्य दुव्र्यवहार गरेको आरोपमा शिक्षक नेता पदम खनाल विरुद्ध शुक्रबार नेपाल प्रहरीको केन्द्रीय साईबर अपराध व्युरोमा उजुरी दिइएको हो ।

    बालमन्दिर माध्यमिक विद्यालयका शिक्षक पदम खनाल विरुद्ध पीडित एक शिक्षिकाले शुक्रबार इमेल मार्फत प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो अन्तर्गतको साईबर व्युरोमा उजुरी दिएकी हुन् । खनालको विरुद्धमा अश्लिल संवाद तथा जबरजस्ती यौन हिंसात्मक म्यासेज गरेको आरोप लगाइएको छ ।

    आरोपित खनाल नेपाल शिक्षक सङ्घ तनहुँका सचिव समेत हुन् । खनालले शिक्षक सरुवा गराउन पहल गरे बापत पुरुष शिक्षकसँग आर्थिक रकम माग गर्ने र महिला शिक्षकसँग यौन सम्पर्कको प्रस्ताव राख्ने आरोप लागेको छ ।

    उजुरी दिएकी शिक्षिकासँग पनि खनालले १५ फेब्रुअरी २०२१ देखि यता पटक पटक अश्लिल म्यासेज पठाउने तथा भिडियो कल गरेको आरोप लागेको छ । उजुरीसँगै खनालले पठाएको म्यासेजको स्क्रिन सर्टहरु प्रमाणको रुपमा पेश गरिएको पीडित शिक्षिकाले बताएकी छिन् । रातको समयमा खनालले प्रायजसो म्यासेजहरु गरेर मानसिक तनाव दिने गरेको पीडित शिक्षिकाले बताइन् ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सेनाले उक्त उजुरी साईवर अपराध भएको हुँदा साईबर व्युरोले नै अनुसन्धान गर्ने बताए ।

    तनहुँमा शिक्षक सरुवा र नियुक्तिमा आर्थिक चलखेल हुने गरेको भन्दै तनहूँका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमाकान्त शर्माले फेसबुकमा स्टाटस लेखेपछि यो घटनाले समेत राष्ट्रिय रुपमा चर्चा पाएको हो । आर्थिक लेनदेनसँगै महिला शिक्षकको सरुवा मिलाईदिए वापत यौन सम्पर्क राख्ने प्रस्ताव गरिएको बारेमा पनि हालै मात्र सार्वजनिक भएको थियो ।

    यस विषयमा खनालसँग बुझ्न टेलिफोन सम्पर्क गर्दा उनको फोन उठेन ।