म्याग्दे : म्याग्दे गाउँपालिका–२ जामुनेस्थित न्यु भिजन युथ क्लवद्वारा आयोजित दोस्रो म्याग्दे व्याडमिन्टन कपको उपाधि अमृत राना र तुलाराम थापाको समूह प्रथम भएको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा वि लेभलतर्फ अमृत र तुलारामको जोडी प्रथम भएको हो ।
प्रतियोगितामा मनबहादुर थापा र विष्णु अधिकारीको समूह द्वितीय भएको छ । प्रथम र द्वितीय हुनेलाई क्रमशः रु २० हजार र रु दश हजार नगद प्रदान गरिएको छ ।
यसैगरी सि लेभलतर्फ मेखबहादुर राना र लालबहादुर थापाको समूह प्रथम भएको छ । त्यस्तै अनमोल श्रेष्ठ र विज्ञान श्रेष्ठको समूह द्वितीय भएको छ । उनीहरुले क्रमशः रु १६ हजार रु आठ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा राइजिङ प्लेयरको उपाधि आयुष श्रेष्ठले प्राप्त गरेका छन् ।
विजयी खेलाडीहरुलाई तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य एवं नेकपा एमाले तनहुँका अध्यक्ष केदार सिग्देलले पुरस्कार वितरण गरे । क्लवका अध्यक्ष सन्दिप रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा म्याग्दे–२ का वडाध्यक्ष चन्द्रबहादुर रानाभाट, ६ का वडाध्यक्ष वसन थापा, जामुने खानेपानीका अध्यक्ष छविलाल श्रेष्ठ, क्लवका सल्लाहकार हरिकृष्ण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।