पूर्व आइजिपी सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पूर्व आइजिपी सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने

    खबरपुञ्ज संवाददाता

    ६ कार्तिक २०७८, आईतवार

    काठमाडौं : नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् । एमाले नेतृत्वसँग पार्टी प्रवेश गर्ने सहमति भइसकेको स्थायी कमिटी सदस्य किरण गुरुङले बताए ।

    ‘प्रवेश कार्यक्रम चाँडै हुन्छ । पार्टी प्रवेश गर्न तयार भइसक्नुभएको छ,’ गुरुङले भने । उनका अनुसार ९ कात्तिकको पालिका अधिवेशनपछि खनाललाई स्वागत गरिनेछ । ९ कात्तिकमा एमालेले ७५३ वटै स्थानीय तहमा अधिवेशन गर्दैछ ।