पोखरा: जर्मन नेपाल हेल्प एसोसिएसन(GNHA) को सहयोगबाट चिल्ड्रेन नेपालको बालबालिका युबा तथा परिवार कल्याण शाखा अन्तरगत संचालित दलित बालिका शिक्षा र उच्च शिक्षा कार्यक्रमको १९९८ देखि २०२१ सम्मको कार्यक्रमको गत महिना सम्पन्न भएको मूल्याङ्कन सरोकारवाला निकाय, लक्षित समूहबीच प्रतिवेदन प्रस्तुत गरिएको छ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थागत प्रस्तुति सार निमित्त कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले गरेका थिए। मूल्याङ्कन प्रतिवेदनको सार मूल्याङ्कनकर्ता सुरेश भट्टराईले गरेका थिए । कार्यक्रममा शिक्षामा सरोकार राख्ने व्यक्ति , सरकारी कार्यलयका प्रमुखहरु र अभिभावक तथा बालिका युवती गरि ४५ जनाको उपस्थिति रहेको थियो।
कार्यक्रममा जर्मन नेप्लिज हेल्प एसोसिएसनका नेपाल प्रमुख केदार तामाङ, संस्थाका कोषाध्यक्ष शान्त पौडेल र सचिव जयन्द्र भट्टराई र संस्थापक अध्यक्ष रामचन्द्र पौडेलको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित सहभागीले संस्थाले आगामी दिनमा गर्नुपर्ने महत्वपूर्ण सुझाव राख्नु भएको थियो । कार्यक्रमको संचालन वरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्माले गरेका थिए । संस्थाका अध्यक्ष भिमलाल गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।