सांग्रिला बैङ्क दमाैलीद्वारा वित्तीय साक्षरता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सांग्रिला बैङ्क दमाैलीद्वारा वित्तीय साक्षरता

    खबरपुञ्ज संवाददाता

    ९ कार्तिक २०७८, मंगलवार

    दमाैली : सांग्रिला विकास बैङ्क दमौली शाखाले १७ औ वार्षिकोत्सवको अवसरमा व्यास-१० दुम्सीस्थित शिव माविमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे छ । वित्तीय साक्षरता कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत विधार्थीहरु र शिक्षकहरु लगायतको उपस्थिति थियाे ।

    बैङ्कका शाखा प्रमुख सन्तोष श्रेष्ठले विद्यार्थीलाई बचत, विप्रेषण, बीमा बकिङ सेवाको उपभोग कसरी गर्ने आदिको बारेमा जानकारी गराएका थिए । साथै कर्जा शाखाका कर्मचारी समिर मल्लले कर्जा कसरी लिने, कर्जाका फाइदाहरु, कर्जा सदुपयोग कसरी गर्ने लगायतका विषयमा प्रष्ट पारेका थिए ।कार्यक्रमलाई बैकका कर्मचारी विकास बास्ताेलाले सहजीकरण गरेका थिए ।

    विद्यालयका प्रधानध्यापक तीर्थराज बर्देवाले यस कार्यक्रमले विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गरेको र यस्ता कार्यक्रमले उत्प्रेरणा मिल्ने बताए ।

    बैंकले देशभर छरिएर रहेका ९८ शाखामार्फत छिटो, छरितो, सरल तवरले न्युनतम ब्याजदरमा कर्जा सुविधा, बचततर्फ आकर्षक ब्याज, रेमिट्यान्स सुविधा, मेबाइल बैंकिङ, एटीएम, आस्वा लगायतका सेवा दिँदै आएको छ ।