दमौली : नेकपा एमाले भानु नगर कमिटीको अध्यक्षमा प्रेम राना सर्वसम्मत चयन भएका छन् । मंगलबार राति सम्पन्न अधिवेशनबाट रानाको अध्यक्षतामा ७५ सदस्यीय कमिटी चयन भएको छ ।
नगर कमिटीको उपाध्यक्षमा दलनारायण श्रेष्ठ, सचिवमा परशुराम गिरी, उपसचिवमा रुपा लामा र देव भुजेल चयन भएका छन् ।
एमालेको महाधिवेशन अन्तरगत भएको पालिका अधिवेशन अन्तरगत व्यासमा वीरेन्द्र अधिकारी, शुक्लागण्डकीको अध्यक्षमा मुक्ति तिमिल्सना, बन्दिपुरको अध्यक्षमा सुरेन्द्र थापा, ऑबुखैरेनीको अध्यक्षमा मिना अधिकारी चयन भएका छन् । अन्य पालिकामा अधिवेशन हुन बॉकी छ ।