दुलेगौँडा : रोट्रयाक्ट क्लब अफ शुक्लागण्डकीले पाँच जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । मासिक एक हजार रुपैयाँका दरले छात्रवृत्ति दिने निर्णय भएको क्लबका अध्यक्ष मनिष अर्यालले बताए ।
एक वर्षसम्म एक हजार रुपैयाँका दरले छात्रवृत्ति दिने निर्णय भएको उनको भनाई छ । ‘स्तन क्यान्सरको विरामी वा सो रोगका कारण आमा गुमाएका विपन्न विधार्थीलाई प्राथमिकतामा राखनिेछ’, उनले भने । कक्षा नौ देखि ब्याचलर पढ्दै गरेका विद्यार्थी छनोट गरिने क्लबले जनाएको छ । संस्थापक अध्यक्ष समेत रहेका अर्यालको नेतृत्वको टोलीले छात्रवृति दिने बताएकाे छ ।