ज्ञान बगैंचामा सातौं राष्ट्रिय स्क्रयावल हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    ज्ञान बगैंचामा सातौं राष्ट्रिय स्क्रयावल हुने

    खबरपुञ्ज संवाददाता

    २१ कार्तिक २०७८, सोमबार

    दुलेगौडा : मंसिर पहिलो साता तनहुँमा सातौँ राष्ट्रिय स्क्रयावल प्रतियोगिता हुने भएको छ । खेलको माध्यमले प्रवल सक्रिय सिकाईका लागि रुपान्तरणमा क्रियाशिल संस्था स्क्रयावल क्लब पोखराको आयोजनामा शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा शेरास्थित ज्ञान बगैंचा ईङ्लिस बोर्डिङ स्कुलमा प्रतियोगिता हुनेछ ।

    मंसिर ४ गते सातौँ राष्ट्रिय स्क्रयावल प्रतियोगिता हुने स्क्रयावल क्लब पोखराको तनहुँ संयोजक विनोद पौडेलले बताए । विहान ९ देखि दिउसो २ बजेसम्म प्रतियोगिता हुनेछ । १७ वर्ष भन्दा कम उमेर समुहका कक्षा १० सम्म अध्ययनरत विद्यार्थीबिच प्रतिष्पर्धा हुनेछ । ५० जना विद्यार्थीले प्रतियोगितामा प्रतिष्पर्धा गर्ने पौडेलले जानकारी दिए । उनका अनुसार यो प्रतियोगिताले अंग्रेजी विषयको शिक्षण सिकाईलाई उल्लेख्य रूपले योगदान पु¥याउनेछ ।

    सोही दिन अंग्रेजी, गणित र नेपाली स्क्रयावल लगायत अन्य सिकाइसँग सम्बन्धित सामग्रीको प्रर्दशनी तथा विक्री वितरण हुने क्लबका अध्यक्ष केशवप्रसाद पराजुलीले जानकारी दिए । क्लबले गणित, नेपाली स्क्रयावलका अतिरिक्त स्पेलिङ बी, बल्र्ड युथ पार्लियामेण्ट आदि प्रतियोगिताका अतिरिक्त शिक्षक, विद्यार्थीका लागि विभिन्न तालिम गर्दै आईरहेको छ ।

    क्लबले हरेक विद्यालयमा स्क्रयावल क्लब स्थापना गरी त्यस मार्फत बोर्डगेम लगायतका सिकाई सामग्रीको उत्कृष्ट अभ्यास र अनुभवको आदानप्रदान गर्ने लक्ष्य राखेको क्लबका कोषाध्यक्ष पूर्णबहादुर रानाले उल्लेख गरे ।

    विद्यार्थीमा वाञ्छित सीपको उल्लेखनीय अभिवृद्धि गर्न प्रतियोगिताले सघाउने ज्ञान बगैँचा इंग्लिस बोर्डिङ स्कुलका प्रधानध्यापक सुरेश पौडेलले बताए । प्रतियोगिताका विजेताले काठमाडौँमा माघ २२ र २३ गते आयोजना हुने अन्तराष्ट्रिय स्क्रयावल प्रतियोगितामा सहभागि हुने मौका पाउनेछन् ।