आदर्शद्वारा देउसीभैलोबाट सङ्कलित रकमबाट मुटुरोगीलाई सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    आदर्शद्वारा देउसीभैलोबाट सङ्कलित रकमबाट मुटुरोगीलाई सहयोग

    खबरपुञ्ज संवाददाता

    २३ कार्तिक २०७८, बुधबार

    म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित आदर्श नमूना युवा क्लवले देउसीभैलोबाट सङ्कलित रकमबाट मुटुरोगीलाई सहयोग गरेको छ। क्लवले म्याग्दे-४ निवासी मदन थापाकी छोरी सारङ्ग थापालाई पॉच हजार आर्थिक सहयोग गरेको हो ।

    तिहारमा देउसीभैलो खेलेर सङ्कलन भएको रकम सामाजिक सेवामा खर्च गर्ने उद्धेश्य बमोजिम मुटुरोगीलाई आर्थिक सहयोग गरिएको क्लवका अध्यक्ष गौरवराज रानाले जानकारी दिए ।

    क्लवले म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेको उपस्थितिमा वडाध्यक्ष प्रेमबहादुर थापामार्फत् मुटुरोगीका बुबालाई उक्त रकम हस्तान्तरण गरेको छ।

    क्लवले हरेक वर्षमा तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरेको रकम सामाजिक काममा खर्च गर्दै आएको अध्यक्ष रानाले बताए ।

    छोरीको उपचारका लागि सहयोग गरेकामा मदन थापाले क्लवप्रति धन्यवाद ज्ञापन गरे ।