आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकामा बिहीबारदेखि राष्ट्रिय जनगणना शुभारम्भ गरिएको छ । गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले आफ्नो विवरण गणकलाई टिपाउँदै जनगणना अभियानको शुभारम्भ गरेका हुन् ।
सो अवसरमा गाउँपालिकाका अध्यक्ष थापाले सही तथ्यांकले भविष्यमा योजना निर्माणका लागि सहज हुने बताउँदै सही तथ्यांक संकलनका लागि आग्रह गरे । जनगणना अभियानमा गाउँपालिकाको तर्फबाट पूर्ण सहयोग रहने अध्यक्ष थापाले प्रतिबद्धता व्यक्त गरे । “गणकहरुले पनि गम्भीरताका साथ तथ्यांक संकलनमा लाग्नुपर्छ, सही तथ्यांक संकलन भएमात्रै विकासका योजना बनाउन सहज हुन्छ,” थापाले भन्नुभयो ।
सो क्रममा गणक राजेन्द्र गुरुङले अध्यक्ष थापाको विवरण संकलन गरेका थिए ।