ऑबुखैरेनी : तनहुँको ऑबुखैरेनी गाउँपालिकामा १८ वर्ष भन्दा माथिकालाई कोरोना विरुद्धको खोप लगाइने भएको छ । गाउँपालिकाले हालसम्म पहिलो मात्रा नलगाएका सबै नागरिकलाई कोरोना विरुद्धको भेरोसेल खोप लगाउन लागेको हो ।
गाउँपालिकाका ९ स्वास्थ्य संस्थामार्फत् खोप अभियान सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए । १८ वर्षमाथिकालाई कात्तिक २९ गते र २६ देखि ४० वर्ष माथिकालाई कात्तिक ३० गते खोप लगाइनेछ ।