


दुलेगौँडा : इन्टरनेट सेवा प्रदायक कम्पनी डिजी लिंक नेटवर्क प्रालिले टोल फ्रि सेवाको सुरुवात गरेको छ । ग्राहकको सहजताको लागि डिजीले सोमबारदेखी टोल फ्रि सेवा सुरुवात गरेको हो । ग्राहकले कार्यालयमा सम्पर्क गर्नलाई सहज सुविधा प्रदान गर्न यो सेवा सुरु गरेको अपरेसन डिरेक्सन मदन केसीले बताए ।
उनका अनुसार अब ग्राहकले गुनासो, सेवा सुविधाबारे जानकारी लिनलाई १६६०६५५२००४ मा सम्पर्क गर्नेछन् । जुन नम्बरमा फोन गर्दा ग्राहको मोबाईलको पैसा काट्ने छैन् । डिजी लिंकले तनहुँको शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र कास्कीको पोखरा महानगरपालिकाका विभिन्न स्थानमा इन्टरनेट सेवा प्रदान गर्दै आईरहेको छ ।