अस्पताल परिसरमा अनेरास्ववियुको सरसफाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    अस्पताल परिसरमा अनेरास्ववियुको सरसफाई

    खबरपुञ्ज संवाददाता

    ७ मंसिर २०७८, बुधबार

    दुलेगाैडा : नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु शुक्लागण्डकी नगर कमिटीले बेलचौतारामा रहेको जिपी काेइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र परिसरमा सरसफाई गरेको छ । एमालेको चितवनमा हुने दशौँ महाधिवेशनको पूर्व सन्ध्यामा बुधबार सरसफाई गरिएको हो ।

    अस्पताल परिसरमा रहेका फोहोरलाई संकलन गरेर बिसर्जन गरेको कार्यक्रम संयोजक कञ्चन विकले बताइन् । महाधिवेशनको प्रचारप्रसारसँगै रचनात्मक काम गरेको उनको भनाई छ । अनेरास्ववियुमा आबद्ध विद्यार्थी सरसफाई कार्यक्रममा सारिक भएका थिए । पछिल्लो समय अनेरास्ववियु शुक्लागण्डकी नगर कमिटी सामाजिक तथा रचनात्मक कार्यक्रममा अग्रसर हुन थालेको छ ।