दुलेगाैडा : लायन्स क्लव अफ तनहुँ बेलचौताराको आयोजनामा शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा मङ्गलबार रक्तदान गरिएको छ । रक्तदानमा ६९ पिन्ट रगत सङ्कलन भएको क्लवका जिएलटी कोर्डिनेटर सुजित हिराचनले जानकारी दिए ।
क्लवका संस्थापक अध्यक्ष प्रकाश तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल ३२५ वि १ नेपालका ब्लड डोनेसन चिफ महेश पौडेल, लायन मोडल भिलेज तनहुँ चिफ लायन कृष्ण प्रसाद पौडेल, सिनियर एओजी मोतीप्रसाद पौडेल, क्लस्टर १४ का प्रमुख सन्तोष घिमिरे, रिजन चियरपर्सन प्रदीप थापा, जोन चियरपर्सन मीनबहादुर लामिछाने, वडाध्यक्ष दीर्घ बहादुर थापा, इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक ज्ञान बहादुर खड्का लगायत सहभागी थिए ।