दमौली : भानु नगरपालिका-१३ ठुल्ढुंगास्थित अरनिको माध्यमिक विद्यालयमा अंग्रेजी माध्यम पठनपाठनका लागि भानु-१२ आहाले घर भई हाल अमेरिका रहेका राजुविक्रम अधिकारीले ५० हजार सहयोग गरेका छन्।
पूर्व विद्यार्थी मन्चको आव्हान बमोजिम अधिकारीले ५० हजार सहयोग गरेका हुन् ।
मन्चका अध्यक्ष गलबहादुर गुरुङले अंग्रेजी माध्यम सञ्चालनका लागि सहयोगको आव्हान गरेपछि देश तथा विदेशमा रहेकाहरुबाट सहयोग जुट्न थालेको जानकारी दिए ।
वार्षिक रुपमा एक लाख बराबरको पाठ्यपुस्तक खरिद गर्नुपर्ने र त्यसका लागि विद्यालयको आर्थिक श्रोतले नसकिने भएपछि कोष स्थापना गरिएको छ।