भिमाद : तनहुँको भिमाद नगरपालिका- ६ स्थित माझटार निवासी पाठेघरको क्यान्सरबाट ग्रसित पवित्रा नेपालीलाई न्यु होराइजन क्लब भिमादले आर्थिक सहयोग प्रदान गरेको छ । सहयोग रकम ग्रहण गर्दै नेपालीले सहयोग गरेकामा धन्यवाद दिइन् । आर्थिक अवस्था कमजोर भएकाले उनले उपचारका लागि सबैसँग सहयोगको अपेक्षा गरेकी छन् ।
तिहारको अवसरमा आयोजना गरेको देउसीभैलोबाट संकलित मध्ये १० हजार सहयोग गरेको क्लबले जनाएको छ । पछिल्लो समय देउसीभैलो कार्यक्रम आयोजना गर्ने र उक्त कार्यक्रमबाट संकलित रकम भ्रमण , वनभोज जस्ता कार्यमा मात्र खर्चिने गरेकाले युवा पुस्तालाई सामजिक कार्यमा अग्रसर हुन प्रेरित गर्नको लागि सहयोग गरेको कार्यक्रम संयोजक सुनिल श्रेष्ठले जानकारी दिए ।