काठमाडाै । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू काँग्रेसको महाधिवेशनमा शुभकामना दिन आएको भन्दै कसैको कुरामा कुनै वादप्रतिवाद नगर्ने बताएका छन् । उनले आफूलाई मञ्चको कुनै कमी नभएको भन्दै चाहेको कुरा पछि पनि राख्न सक्ने बताए ।
‘कसैको कुरामा वादप्रतिवाद केही गरिरहन चाहन्न । म मेरो राजनीति आफ्नै मञ्चहरूमा गर्न पाउँछु । मलाई मञ्चहरूको कमी छैन’, काँग्रेसको १४ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने। कार्यक्रममा नेतालाई चोरको रूपमा चित्रित गर्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रति कटाक्ष गरे ।