पोखरा । नेपाल एफ्रो एसियाली जनएकता संगठन र नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको संयुक्त आयोजनामा ७३ औ विश्व मानवअधिकार दिवसको अवसरमा शुक्रबार अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ ।
कार्यक्रमको रास्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटन गरे । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले सुशासनमा जोड दिए । देशमा सुशासन कायम हुने हो भने मानवअधिकार हननका घटना कम हुने समेत उनको भनाई रहेको छ । उनले आफ्नो अधिकार खोज्दा अरुको अधिकारको बारेमा सचेत रहनुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य संघ गण्डकीका अध्यक्ष संजिव बहादुर कोइरालाले सरकारले उद्योगी व्यवसायीलाई हेर्ने धारणा फरक बनाउने गरेको बताए । हरेक अप्ठ्यारो र चुनौतीमा फ्रण्ट लाईनमा बसेर सेवा गर्ने व्यवसायीलाई पाखा लाउने गरेको बताए । कार्यक्रमको अध्यक्षता नेपाल एफ्रो एसियाली जनएकता संगठनका अध्यक्ष माननीय कृपासुर शेर्पाले गरेका थिए ।
उक्त कार्यक्रममा वरिष्ठ अधिवक्ता तिलक पराजुलीले तयार पारेको कार्यपत्रमा डा. विश्वकल्याण पराजुलीले समिक्षा गरेका थिए । त्यस्तै श्रीधर गौतमले तयार पारेको कार्यपत्रको सजना गोदारले समिक्षा गरेरा थिए ।