खैरेनीटारमा वडास्तरीय भलिबल सुरु, उद्घाटन खेलमा शुक्लागण्डकी–१० विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    खैरेनीटारमा वडास्तरीय भलिबल सुरु, उद्घाटन खेलमा शुक्लागण्डकी–१० विजयी

    खबरपुञ्ज संवाददाता

    २३ मंसिर २०७८, शुक्रबार

    दुलेगौँडा । तनहुँको खैरेनीटारमा वडास्तरिय भलिबल प्रतियोगिता सुरु भएको छ । लाङ्घाली मगर समाजको आयोजनामा प्रथम लाङ्घाली मगर समाज एकान्कुना भलिबल कप सुरु भएको हो ।

    शुक्लागण्डकी नगरपालिका–६ मा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा शुक्लागण्डकी नगरपालिका–१० विजयी भएको छ । भिमाद नगरपालिका–१ लाई ३–० को सोझो सेटमा पराजित गर्दै शुक्लागण्डकी–१० दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो । भिमाद–१ लाई २५–१८, २५–२१ र २५–२० को स्कोरमा पराजित गरेको हो ।

    दोस्रो खेलमा भिमाद नगरपालिका–९ विजयी भएको छ । शुक्लागण्डकी–६ लाई ३–१ को सेटमा पराजित गर्दै भिमाद–९ विजयी भएको हो । भिमादले–९ ले २२–२५, २५–१८, २६–२४ र २८–२६ को स्कोरमा पराजित गर्न सफल भएको हो ।

    प्रतियोगितामा तनहुँसँगै स्याङजा र नवलपुरका १२ समुह सहभागि भएको खेल संयोजक सुर्य थापा मगरले जानकारी दिए । उनका अनुसार विजेताले नगद ६० हजार रुपैयाँ पाउनेछ । दोस्रो, तेस्रो र चौथो हुने समुहले क्रमशः ४० हजार रुपैयाँ, २५ हजार रुपैयाँ र १० हजार रुपैयाँ पाउनेछन् । विधागततर्फ पनि खेलाडी पुरस्कृत हुनेछन् ।

    यसअगाडी प्रतियोगिताको उद्घाटन गर्दै नेपाल मगर संघ तनहुँका अध्यक्ष मनिराज थापा मगरले खेलाडी संघर्ष गर्न सकेमा सफल हुने बताए । कुलतमा नफस्न खेलाडीलाई उनको सुझाव छ । उनले जिल्लास्तरमा धेरै खेलाडी उत्पादन भएपनि प्रदेश र राष्ट्रिय स्तरमा तनहुँका खेलाडी पुग्न नसकेको बताए । ‘ग्रास लेबलमा मात्रै खेलाडी जन्मिएका छन् । प्रदेश र राष्ट्रियस्तरमा पुग्न सकेका छैनन् । संघर्ष गर्न नसक्दा खेलाडी पलायन हुन्छन्’, उनले भने ।

    मगर संघ शुक्लागण्डकीका अध्यक्ष सुमन आले मगरले कुलतमा फसेका युवालाई खेलले सकरात्मक दिशानिर्देश गर्ने बताए । व्यक्ति, समाज र राष्ट्र निर्माणमा खेलाडीको भुमिका रहने उनले बताए ।

    लाङ्घाली मगर समाज एकान्तकुनाका सचिव यामबहादुर आलेले खेल हारजित मात्रै नभएर आपसि भाइचरा र मेलमिलापको विकास गराउने बताए ।

    सो अवसरमा समाजका अध्यक्ष रामबहादुर थापा मगर, उपाध्यक्ष देवी थापा, पहलसिंह थापा लगायतले बोलेका थिए ।

    Woda-Istariya-Volleyball-Photo-Dance-scaled.jpg