प्रथम सरस व्याडमिन्टन प्रतियोगिताको उपाधि विधान/कृष्णको जोडीलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    प्रथम सरस व्याडमिन्टन प्रतियोगिताको उपाधि विधान/कृष्णको जोडीलाई

    खबरपुञ्ज संवाददाता

    २४ मंसिर २०७८, शनिबार

    दमौली । दमौलीमा सम्पन्न प्रथम सरस व्याडमिन्टन प्रतियोगिताको उपाधि चितवनका विधान गुरुङ र कृष्ण सापकोटाको जोडीले जितेको छ। शनिबार सम्पन्न बि लेभलतर्फको प्रतियोगितामा चितवन व्याडमिन्टन क्लवका उनीहरुले उपाधि जितेका हुन् ।

    व्यास-२ स्थित सरस स्पोर्टस हाउसले आयोजना गरेको प्रतियोगितामा धादिङका राम मल्ल ठकुरी र लक्ष्मण मल्ल ठकुरीको जोडी द्वितीय भएको छ । चाउथे व्याडमिन्टन क्लवका सरोज गुरुङ र इसान खड्का तथा रेशम आले र विशन गुरुङ सान्त्वना भएका छन् ।

    उनीहरुले क्रमश: ३० हजार, २० हजार र ५/५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । बि लेभलतर्फ ३० समूहको सहभागिता थियो ।

    सि लेभलतर्फ चितवनका प्रकाश सन्ज्याल र सुन्दर प्रधानको जोडी प्रथम, तनहुँ ऋषिङका इश्वर आले र सन्तोष थापा द्वितीय भएका छन् । यस्तै तनहुँका विपीन घले र सुरज श्रेष्ठ तथा सागर थापा र सिरबहीदुर आले सान्त्वना भएका छन् । उनीहरुले क्रमश: २० हजार, १० हजार र २५/२५ सय नगद प्राप्त गरेका छन् । बि लेभलतर्फ २० समूहको सहभागिता थियो ।

    विजयीहरुलाई व्यास व्याडमिन्टन क्लवका अध्यक्ष जीवन गुरुङले पुरस्कार वितरण गरेका थिए ।