काठमाडाै । नेकपा एमालेले हिमाली जिल्ला बाहेक जिल्लाका अधिवेशन पुष २३ गते र प्रदेश अधिवेशन माघ ८ गते हुने हुने भएका छन् । शनिबार बसेकाे एमाले केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले गरेको यो प्रस्ताव सर्वसम्मत रुपमा पास भएको छ ।
अध्यक्ष ओलीले सबै जिल्ला र प्रदेशलाई अधिवेशनको तयारीमा जुट्न निर्देशन दिएकाे केन्द्रीय सदस्य भगवती न्याैपानेले जानकारी दिइन् । उनका अनुसार हिमाली जिल्लाले केन्द्रीय कार्यालयसँग समन्वय गरि मिति तय गर्ने निर्णय भएकाे छ ।