मेड इन नेपाल प्रवर्द्धन गर्दै ग्यापुको १२:१२ अफर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मेड इन नेपाल प्रवर्द्धन गर्दै ग्यापुको १२:१२ अफर

    खबरपुञ्ज संवाददाता

    २५ मंसिर २०७८, आईतवार

    काठमाडौ । नेपाली इकमर्स कम्पनी ग्यापु मार्केटप्लेसले मेड इन नेपाल प्रवर्द्धन गर्दै आकर्षक अफरहरु सहित डिसेम्बर १२ का लागि १२:१२ को घोषणा गरेको छ ।

    ग्यापुले विभिन्न १२ ब्राण्ड सँगको सहकार्यमा अफरहरु ल्याएको छ । गोल्ड स्टार, नेपाल उल हाउस, माक्कुसे, हात्ति हात्ति, एसटी महर्जन गहना, एभरेष्ट गड च्यु, हाई हिमालयन पस्मिना हाउस, लिफ प्लस, पन्चबुद्ध हस्तकला, मयूर हस्तकला, डटर होम आर्चर र खुकुरी रम १२:१२ सेलमा जोडिएका बताइएको छ ।

    हिमालय बैंकको कार्ड प्रयोगकर्ताले १५ प्रतिशत (अधिकतम ५ सय), फोन पे प्रयोगकर्ताले ‘PHONEPAY1212’ कोड प्रयोग गरि तत्काल नगद २ सय छुट, प्रभु पे प्रयोगकर्ताले ‘PRABHUPAY1212’ कोड प्रयोग गरि तत्काल नगद २ सय छुट, इ सेवा प्रयोगकर्ताले ‘ESEWA1212’ कोड प्रयोग गरि तत्काल नगद २ सय छुट, र खल्ती प्रयोगकर्ताले २०प्रतिशत (अधिकतम १ सय ५०) छुट प्राप्त गर्न सक्ने बताइएको छ।

    ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट (gyapu.com) मार्फत् अर्डर गर्न सकिन्छ । ग्यापुमा विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड मार्फत सपिङ गर्ने सुविधा समेत उपलब्ध छ। साथै, ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्छन्।